arrow

बलात्कार आरोपी सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । 

आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले आइतबार चौथोपटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । 

गत भदौ २१ मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको उजुरी परेको थियो । उनले गत भदौ ५ गते १७ वर्षीया नागालिगलाई बलात्कार गरेको उनीमाथि आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ