arrow

चिनियाँ नेताका रुपमा सी चिनफिङले सम्हाले एतिहासिक तेस्रो कार्यकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
xi-jinping-ccp-communist.png

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले सी चिनफिङलाई लगातारको तेस्रो कार्यकालमा पार्टीको महासचिवका रूपमा निर्वाचित गरेको छ । सीसीपीको २० औं महाधिवेशनपछि ऐतिहासिक तेस्रो कार्यकाल प्राप्त गरेका सी पार्टीको संस्थापक माओत्सेतुङ पछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताका रूपमा स्थापित भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सीलाई अर्को पाँच वर्षको कार्यकालका लागि महासचिवमा निर्वाचित गरेको सिन्ह्वा समाचार एजेन्सीले आइतबार जनाएको हो । दशकौंसम्म सत्ता बाँडफाँड जारी रहेको चीन ऐतिहासिक रूपमा एक व्यक्तिको शासनतर्फ फर्किएको हो ।

आइतबार बन्द ढोकाभित्र भएको मतदानमा सी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । हप्ता दिन चलेको महाधिवेशनमा सीलाई पार्टीका प्रतिनिधिहरूले सीलाई समर्थन गरेका थिए भने पूर्व प्रतिद्वन्द्वीहरूको पद त्यागसहित पार्टी भित्र व्यापक फेरबदललाई सहमति दिएका थिए ।

आगामी मार्चमा सरकारको वार्षिक विधायिका सत्रहरूमा औपचारिक रूपमा घोषणा हुने भए पनि अब, सी चीनको राष्ट्रपतिका रूपमा तेस्रो कार्यकाल सम्हाल्ने निश्चित भएको हो ।

सीसीपीले सीको नेतृत्वमा सात सदस्यीय पोलिटब्युरो स्थायी समिति (पीएससी) पनि गठन गरिसकेको छ ।

सांघाई कम्युनिष्ट पार्टीका प्रमुख ली क्विआङले सीलाई पछ्याएका छन् । यसको अर्थ मार्चमा ली केकियाङ रिटायर भएपछि ली क्विआङ उनको प्रधानमन्त्रीका रूपमा उत्तराधिकारी बन्ने सम्भावना रहेको छ। 

चीनको शीर्ष प्रशासकीय निकायका अन्य सदस्यहरू झाओ लेजी र वाङ हुनिङ हुन्, जो अघिल्लो समितिबाट फर्केका छन् र नयाँ काई क्यूई, डिंग जुएजियाङ र ली सी आएका छन् ।

नयाँ आएका यी सबै ६९ वर्षीय सीसँग नजिक रहेको मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ