arrow

बोरिस जोनसन लन्डन फर्किए, ऋषि सुनक प्रधानमन्त्री बन्न अग्रपङ्तिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
sunak-boris-modurant.png

काठमाडौं। ऋषि सुनक कन्जरभेटिभ पार्टीको लिडर र बेलायतको नयाँ प्रधानमन्त्री बन्ने दौडको अग्रपङ्तीमा रहेका छन् । प्रधानमन्त्री बन्न नाम दर्ताका लागि आवश्यक १०० सत्तारुढ कन्जरभेटिभ दलका सांसदको समर्थनमध्ये सुनकले ९३ सांसदको समर्थन पाइसकेको बताइएको छ । 

यद्यपि उनले १०० भन्दा बढी सांसदको समर्थन पाइसकेको बीबीसीले स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ । पूर्व अर्थमन्त्रीसमेत रहेका ऋषी सुनक यसअघि बोरिस जोनसनलाई प्रतिस्थापन गर्न लिज ट्रससँग प्रतिस्पर्धामा रहेका थिए ।

ट्रसले जितेर प्रधानमन्त्री बने पनि उनले ४५ दिनमै राजीनामा दिएकी छन् । सुनकले चुनावी दौडकै बेला चेतावनी दिएका ट्रसका एजेण्डाहरु उसले लागू गरेपछि बेलायती अर्थतन्त्रमा उतारचढाव सिर्जना भएपछि उनले राजीनामाको घोषणा गरेकी हुन् ।

यस्तै बेलायतका पूर्व प्रधानमन्त्री एवं सत्तारुढ कन्जरभेटिभ पार्टीका पूर्व लिडर बोरिस जोनसन पनि क्यारेबियनको छुट्टीबाट लन्डन फर्किएका छन् । उनले ४४ सांसदको साथ पाइसकेको बताइएको छ । सुरुमा समर्थन घोषणा गर्ने पेनी मोर्डाउन्टले अहिलेसम्म २१ सांसदको समर्थन पाएकी छन् ।

जोनसनलाई समर्थन गरिरहेका व्यापार मन्त्री सर जेम्स डड्रिजले उनी लन्डन फर्किरहेको बताएका हुन् । सुनकले पूर्व कुलपति र स्वास्थ्य सचिव साजिद जाविद, सुरक्षा मन्त्री टम टुगेनधाट र पूर्व स्वास्थ्य सचिव म्याट ह्यान्ककलगायतका धेरै वरिष्ठ सहकर्मीहरूबाट समर्थन प्राप्त गरेका छन् ।

कन्जरभेटिभ दलका ३५७ सांसद रहेका कारण तीन जनाा भन्दा बढीले प्रतिस्पर्धामा सहभागी हुन सक्नेछैनन् । त्यसपछि प्रतिस्पर्धामा रहनेहरु सांसदहरुकै मत वा पार्टीका सदस्यहरुको मतबाट पार्टीको लिडर एवं प्रधानमन्त्रीमा निर्वाचित हुने छन् । आउँदो शुक्रबार विजेतको घोषणा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ