arrow

चम्किए मेस्सी र एमबाप्पे, पीएसजीको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
messi-mbappe-psg.jpg

काठमाडौं । दुई स्टारहरु लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । 

शुक्रबार राति अजासियोलाई उसकै घरेलु मैदानमा भएको खेलमा पीएसजीले ३–० को जित निकाल्यो । खेलमा एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । 

 

खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए । मेस्सीले ७८ औं मिनेटमा पीएसजीको अग्रता दोब्बर बनाए । त्यसको चार मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।

जितसँगै पीएसजीले लिग वानमा ३२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको लोरेन्टसँग ६ अंकको अग्रता लिएको छ ।

अजासियो भने ८ अंक सहित पुछारदेखि तेस्रो स्थानमा छ । आज राति मोन्टेपिलर र लियोँ खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ