arrow

ट्रयाक एण्ड फिल्ड क्विन जयरानीले जितिन् तीन राष्ट्रिय कीर्तिमानसहित पाँच वटा स्वर्ण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
jayarani-tharu-athletics-9th-national.jpg

पोखरा । ट्रयाक एण्ड फिल्ड क्विन जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा पाँच वटा स्वर्णपदक जितेकी छिन् । एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानीले ५ स्वर्ण पदक जितेकी हुन् ।

उनले सिंगलमा ३ तथा टिम इभेन्टमा २ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।

४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ