arrow

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, माग अनुसारको गाडी बिक्री गर्न सहज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
tata-motors-EV-sipradi.jpg

काठमाडौँ। हजार भन्दा बढी बुकिङ सहित टाटा मोटर्स को सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीव्र गतिमा बढिरहेको छ।

टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ। यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ। नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ। यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरी रहेका ग्राहकहरूले धेरै समयसम्म प्रतीक्षा गर्नुपर्ने छैन।

यसै गरी फोर्ड इन्डिया प्रालिको सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ। प्राविधिक रूपले समुन्नत यसको प्रति वर्ष ४,२०,००० इकाई विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ। कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरूप विकास गर्नेछ। टाटा मोटर्स ले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दै छ।

टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको विक्री वितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको छ। चार्जिंग र ग्राहक सेवा सम्बन्धी बृहत् पूर्वाधारसहित यी गाडीहरूले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ