धनुषा । धनुषा क्षेत्र नम्बर २ मा तीन जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । धनुषाको पूर्वी दक्षिण क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव, एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया, नेकपा (एकीकृत समाजवादी) बाट पूर्वमन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी (जसपा) बाट गङ्गाराम यादव चुनावी प्रतिस्पर्धामा छन्।
गत निर्वाचनमा प्रतिनिधिसभामा सङ्घीय समाजवादी फोरमबाट निर्वाचित अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गर्दा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका पूर्वमन्त्री झाले १८ हजार सात सय १५ मत प्राप्त गरेका थिए । पूर्वमन्त्री अरगरिया अहिले नेकपा एमालेबाट उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री झा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।
अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा खुम्चिका कांग्रेस नेता तथा पूर्वमन्त्री यादवसँगै जनता समावादी पार्टीले सो क्षेत्रमा गङ्गाराम यादवलाई उम्मेदवार बनाएको छ । उनहरूबीच तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आंकलन छ ।