arrow

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
Ramchandra Poudel.jpg
फाइल तस्वीर

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् । 

आज तनहुँको व्यास नगरपालिका-१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन्  । 

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति शरु गरेको नेता पौडेलले उल्लेख गरे । “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने । 

तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले  शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे । 

वरिष्ठ नेता पौडेलले आजै व्यास-१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास-१४ केशवटार, रुम्सी, ठिन, नयाँगाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ