arrow

पहिलो पटक बेइजिङमा सीविरुद्ध प्रदर्शन , सरकार उच्च सतर्कतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
xi-china.jpg

काठमाडौं । चीनमा वर्तमान सरकारविरुद्ध बढ्दो असन्तुष्टिको सङ्केत देखिएको छ । बिहीबार बेइजिङका पसलहरू बाहिर राष्ट्रपति सी चिनफिङबिरुद्ध प्रदर्शनको ब्यानरहरू देखिएका छन् । । चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइनाले १० वर्षमा दुई पटक सम्मेलन सुरु गर्न लागेको बेला सामाजिक सञ्जालमा चिनफिङविरुद्धको आक्रोश बाहिर आएको छ ।

 यी ब्यानरहरूमा राष्ट्रपति चिनफिङलाई पदबाट हटाउन र कडा कोरोना प्रतिबन्ध हटाउन माग गरिएको थियो। चिनफिङको विरुद्धमा यस्तो ब्यानर देखिएको यो पहिलो पटक हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीले आगामी २०औँ महाधिवेशनमा तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा मोहर लगाउने भएकाले चिनफिङको विरोधले महत्त्व राखेको छ । बेइजिङमा हुन लागेको सम्मेलनलाई लिएर चिनियाँ सरकारी निकाय र अधिकारीहरू उच्च सतर्कतामा छन्। त्यसैले यी ब्यानरहरू देखा परेपछि तुरुन्तै हटाइएको थियो।

चीनको राजधानी बेइजिङको सडकमा रहेका यी ब्यानरका तस्बिर र भिडियो ट्विटरमा भाइरल भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ