arrow

तनहुँ विकासको जिम्मा मेरो : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
ramchandra-poudel6.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले तनहुँ विकासको जिम्मा आफूहरूले लिने बताएका छन् । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक स्थल छाब्दीवाराहीमा आज दर्शनपछि स्थानीयसँगको भेटघाटमा उनले अवरुद्ध भएको विकास निर्माणको जिम्मा अब आफूहरूले लिने बताए । 

मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले गत निर्वाचनमा कांग्रेस हार्दा जिल्लाको विकास रोकिएकाले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अपरिहार्य रहेको बताए । 

विगतको निर्वाचनका आफू देशव्यापी लाग्नुपर्दा तनहुँका जनतामा भ्रम उत्पन्न भई निर्वाचन हारे पनि यस पटक तनहुँका जनताको साथ आफूलाई प्राप्त हुने पौडेलको भनाइ थियो । 

“देशलाई सुशासन चाहिएको छ, राजनीतिक स्थिरता चाहिएको छ, नेपालको अनुकूल विकास चाहिएको छ”, पौडेलले भने, “त्यो कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ ।” 

जिल्लामा कांग्रेसकै नेतृत्वमा थुप्रै विकास भए पनि विकास भएन भनेर विपक्षीले अनावश्यक प्रचार गरेको पौडेलको आरोप थियो । 

“जनतालाई भ्रमको सिकार बनाइयो, गाउँ–गाउँमा विकास पुगेको छ, सडक पुगेको छ, अब कालोपत्रे गर्छौँ”, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ