arrow

हिम्लुङ आधार शिविरमा बिरामी परेका पर्यटकको पौडेलले गराए उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
ramchandra5.jpg

काठमाडौं । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत हिम्लुङ हिमाल आधार शिविरमा बिरामी परेका हिमाल आरोहीको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले  उद्धार गराएका छन् । 

नेता पौडेलको पहलमा बिरामी परेका कृष्ण थापामगर, हरि बुढामगर र नन्द बुढामगरको उद्धार गर्नुभएको हिमालय फिटनेस एण्ड वेलननेस सेन्टर काठमाडौँका निर्देशक सूर्य गेलाङ मगरले जानकारी दिए । आरोही बिरामी परेपछि वरिष्ठ नेतालाई खबर गरेको उनले  प्रधानमन्त्री, गृह र रक्षामन्त्रीलाई समन्वय गरी तत्काल बिरामी पर्यटकको उद्धार गरिएको मगरले बताए । 

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीसमेत तत्काल उद्धार कार्यका लागि मद्दत गरेको उनले जानकारी दिए । हिम्लुङ हिमाल आधार शिविर समुन्द्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा अवस्था छ । हिम्लुङ हिमाल आधार शिविरलाई ‘करी कप्लर बेस क्याम’ वा ‘नयाँ आधार शिविर’ समेत भनिन्छ । 

केही साता अगाडि हिमाल आरोहरण गर्न पुगेको ३० जनामध्ये तीन जना गम्भीर बिरामी भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत बुधवार काठमाडौँ ल्याइएको छ । बिरामी अलपत्र परेको खबर प्राप्त हुनासाथ उद्धारका लागि सम्बन्धित निकायमा टेलिफोन गरेको नेता पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ