arrow

रुकुमपूर्वमा २६ जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
rukum1.png

रुकुमपूर्व । आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रुकुमपूर्वबाट २६ जनाको मनोनयन दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी सो सङ्ख्यामा मनोनयन दर्ता भएको हो । प्रतिनिधि सभा सदस्य तर्फ छ र प्रदेश सभा सदस्यतर्फ २० जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क)मा माओवादी केन्द्रका तेजबहादुर ओली र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराएका छन् । 

यस्तै नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभामा कैलाशकुमार मल्लको मनोनयन दर्ता भएको छ भने प्रदेश सभातर्फ (क) मा तेजेन्द्र बुुढा र (ख) मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ ।  

यस्तै राप्रपाबाट प्रतिनिधि सभामा खिमबहादुर खत्रीको मनोनयन दर्ता हुँदा प्रदेश सभा (ख) मा केशवचन्द समालले मनोनयन दर्ता गराएका छन् । निर्वाचन प्रदेश सभा (क) मा भने राप्रपाले उम्मेदवारी उठाएको छैन । 

यस्तै मङ्गोल नेसनल अर्गनाइजेशनबाट प्रतिनिधि सभामा रतनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीबाट प्रदेश सभा (क) मा पुरा पुन र (ख) बाट लेखन बुढाले उम्मेदवारी दर्ता गराएका छन् । 

नेश्नलिस्ट पिपल्स पार्टीबाट प्रतिनिधि सभामा बलबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । यस्तै १४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभामामा एक जनाले स्वतन्त्र मनोनयन दर्ता गर्दा प्रदेश सभामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । 

प्रतिनिधि सभामा चन्द्रराज झाँक्रीले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेश सभा (क) मा रामसुर बुुढामगर, सङ्गम रोका, सुरुल पुन, कालिप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुन छन् । 

यस्तै प्रदेश सभा (ख) बाट गजेन्द्रबहादुर ओली, नरहरि खड्का, भीमबहादुर खड्का, केशव रावल, पूर्णजङ्ग सिंह, दलप्रसाद कामी, सुरेश थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रासस



नयाँ