बाँके २ को टिकट सुदिप राणालाई, यस्ता छन् अरू उम्मेदवार
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
1.8k
Shares
नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । बाँकेमा कांग्रेसको टिकट दिइरहँदा शेखर कोइराला समूहलाई टिकटबाट वञ्चित गर्दै देउवा समूहलाई मात्रै टिकट दिइएको छ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सुदिपनरसिंह राणाले टिकट पाएका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा राजकुमार बर्मा र २ (ख) मा सुरेन्द्र हमाललाई टिकट दिइएको छ ।
यस्तै १ (ख) मा फुलाराम थारु र ३ (ख) मा बादसाह कुर्मीले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ मा यसअघि नै सहमहामन्त्री किशोरसिंह राठोरले टिकट पाइसकेका थिए ।