arrow

तनहुँ १ बाट रामचन्द्र पौडेल, २ मा शंकर भण्डारी उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
ramchandra-poudel2.jpg

तनहुँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो । 

कांग्रेसले तनहुँ क्षेत्र नं १ मा नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ । 

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । 

विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ