arrow

सर्वाधिक कमाउने फुटबल खेलाडी बने एमबाप्पे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
messi-mbappe.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पे सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडी बनेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड एमबाप्पेलाई फोर्ब्स म्यागजिनले एमबाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेको बताएको हो । 

एमबाप्पे पीएसजीकै अर्जेन्टाइन स्टार लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् । एमबाप्पेको आम्दानी १ सय २८ मिलियन अमेरिकी डलर रहेको छ ।

मेस्सी दोस्रो तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । इङ्गलिश क्लब म्यानेचेस्टर युनाइटेडका फरवार्ड क्रिष्टियानो रोनाल्डोको आम्दानी १०० मिलियन अमेरिकी डलर रहेको छ ।

चौंथो स्थानमा पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ८७ मिलियन अमेरिकी डलर रहेको छ ।

लिभरपुलका इजिप्सियन खेलाडी मोहमद सलाह ५३ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा रहेका छन् ।

छैटौं स्थानमा रहेका म्यानचेस्टर सिटीका अर्लिङ हालाण्डको आम्दानी ३९ मिलियन अमेरिकी डलर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ