arrow

बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
pahiro-sindhupalchowk-sunko.jpg
तस्बिर – फाइल ।

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा बिहान सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ ।

उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ