एएफसी यू–१७ फुटबलमा नेपालको फितलो प्रदर्शन, भियतनामबाट खायो पाँच गोल
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
2.1k
Shares
काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसिया कप छनोट फुटबलमा नेपालले फितलो प्रदर्शन गरेको छ । नेपालले लगातार दोस्रो हार बेहोर्ने क्रममा फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार आयोजक भियतनामसँग पाँच गोल खायो ।
भियतनामलाई जिताउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।
पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । अहिलेसम्म आठ गोलको भारी बोकेको नेपालले एक गोल पनि फर्काएको छैन ।
छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेईसँग खेल्नेछ ।
छनोटको समूह विजेता एसिया कपमा छनोट हुनेछ । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीलेसमेत एसिया कप खेल्न पाउने छन् ।
छनोटका सबै ढोका बन्द गरिसकेको नेपालले अन्तिम खेलमा गोल फर्काउने आशा गरिएको छ ।