काठमाडौंमा पहिरोः पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
1.9k
Shares
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले एक तल्ले रेक्की ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरुको डेढ वर्षे सन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।