arrow

मोदीद्वारा भारत निर्मित 'हाई स्पीड ट्रेन'को उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
30_09_2022_05_21_13_2794518.jpg

गुजरात । देशको रेल सञ्जाललाई आधुनिकीकरण गर्ने योजनाको एक हिस्साका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो गृह राज्य गुजरातमा तेस्रो भारतीय निर्मित हाई स्पीड ट्रेन उद्घाटन गरेका छन् ।

नयाँ दिल्लीले सबै प्रमुख औद्योगिक र व्यापारिक सहरहरूलाई जोड्न अगस्ट २०२३ सम्ममा ७५ वटा वन्दे भारत एक्सप्रेस रेलहरू शुरु गर्ने योजना बनाएको छ। ट्रेनहरूको उच्चतम गति १६० किलोमिटर प्रति घण्टा अर्थात् ९९ माइल प्रति घण्टा रहेको छ ।

भारतीय रेलहरूको औसत गति ५० किलोमिटर प्रति घण्टाको हाराहारीमा रहेको छ । मालवाहक रेलहरूको गती लगभग २५ किलोमिटर प्रतिघण्टा रहेको छ । राष्ट्रिय लेखा परीक्षकको गत अप्रिलको प्रतिवेदनले यसले राज्यको स्वामित्वमा रहेको रेलवेको आम्दानीमा असर पारेको देखाएको छ।

 मोदीले उद्घाटनपछि बोल्दै एक हजार एक सय २८ यात्रु क्षमता रहेको १६ कोचको वन्दे एक्सप्रेसले यात्रुहरूलाई उडानको तुलनामा अझ राम्रो अनुभव प्रदान गर्ने बताएका छन् ।

पछिल्लो दुईवटा प्रक्षेपणको तुलनामा अद्यावधिक गरिएको यात्रु सुविधासहितको नयाँ रेलले भारतको आर्थिक राजधानी मुम्बईलाई गुजरात राज्यको राजधानी गान्धीनगरसँग जोड्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ