arrow

सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
sipradi-help-desk-dashain-2079.jpg

काठमाडौँ। सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका छ।

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरूको सङ्ख्य उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणको लागि काठमाडौँमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चाबहिल, गौशाला, कलङ्की, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुनधारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको छ। यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्याङ र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरु गरिएको हो।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको सङ्ख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरू नआओस् भनेर यो सेवा दिइएको बताइएको छ। उपभोक्ता सङ्घ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सु-सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ। साथै यसले यात्रुहरूलाई उनीहरूकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभूति दिलाउने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ