arrow

टाटा मोटर्सको दसैँ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
tata-motors-dashain-offer-2079.jpg

काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारीक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि बडादसैँ २०७९ को अवसरमा वडा पर्वको वडा अफर दसैँ योजना ल्याएको छ। वडा पर्वको वडा अफर दसैँ योजना अन्तर्गत टाटाका गाडीहरू खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नु हुनेछ भने यस सँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ। यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन्। स्टक सीमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्नुहुने ग्राहकहरूलाई दसैँ अगावै डेलिभरी दिइने छ।

ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ। यस बडादसैँको विशेष अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनुहुन कम्पनीले अनुरोध गरेको छ। 

विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न कम्पनीको विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ