arrow

मोदी सरकारले हटायो शशी थरुरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ९ आइतबार
sashi-tharoor.jpg

नयाँ दिल्ली । मोदी सरकारले कांग्रेस नेता शशी थरुरलाई संसदीय समितिको अध्यक्ष पदबाट हटाएको छ। थरुर सूचना प्रविधि समितिको अध्यक्ष रहेका थिए । 

एक भाजपा सांसद सहित संसद्को स्थायी समितिका पाँच सदस्यहरूले शनिवार लोकसभा अध्यक्ष ओम बिरलालाई संयुक्त रूपमा पत्र लेखेका छन्। 

सदस्यहरूले थरुरलाई सूचना प्रविधि समितिको प्रमुखको रूपमा पुनर्स्थापित गर्न आग्रह गरेका छन्।

सरकारको निर्णयमाथि थरुरले भनेका छन् , ‘सरकारको असाधारण निर्णयबाट म निराश छु । यस्तो असहिष्णुताले संसदीय लोकतन्त्रलाई हानि पुर्‍याउँछ।"

लोकसभामा कांग्रेसका नेता अधीर रञ्जन चौधरीले पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सम्मानजनक व्यवहार गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ