arrow

नाडा ईभी एक्स्पोमा टाटाको टिगोर, नेक्सन र प्राइम अत्यधिक रुचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
nada-auto-show-tata-motars.jpg

काठमाडौं । राजधानीको भृकुटीमण्डमा बिहीबारदेखि नाडा ईभी एक्स्पो २०२२ जारी रहेको छ । नेपालमै पहिलो पटक नाडाले आयोजना गरेको ईभी (इलेक्ट्रिक भेहिकल-विद्युतीय गाडी) एक्स्पोमा दर्जन बढी ब्राण्डका दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी प्रदर्शनमा राखिएका छन् ।

नाडा ईभी एक्स्पोकै अवसरमा लाेकप्रिय ब्राण्ड टाटा मोटर्सले नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘नेक्सन प्राइम’ पनि सार्वजनिक गरेको छ । टाटा मोटर्स नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा ‘नेक्सन प्राइम’ ईभी भित्र्याएको हो ।

टाटाको अर्काे ईभी टिगोर यसअघि नै गत वर्ष नेपाली बजारमा भित्रिएको थियो । त्यसपछि टाटाको नेक्सन ईभीले नेपाली बजारमा प्रवेश गरेको थियो । नेक्सन ईभी रेगुलर, डार्क र प्राइम गरी अब तीन भेरिएन्ट नेपाली बजारमा उपलब्ध भएका छन् ।

आफ्नो गुणस्तरीयता र किफायतीका कारण नेपाली बजारमा लोकप्रियता पाएको टाटा मोटर्सले ईभीमा पनि सफलता प्राप्त गरेको छ । नेक्सन प्राइममा अन्य भन्दा थप मल्टी मोड रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटिक ब्रेक ल्याम्प बल्ने जस्ता फिचर रहेका छन् ।

नाडा ईभी एक्स्पोको पहिलो र दाेस्राे दिनमा टाटाका ईभी टिगोर, नेक्सन र नेक्सन प्राइम रुचाउनेको संख्या बढी देखिएको छ । एक्स्पोमा आउने बढीजसोले नेक्सनसँगै प्राइममा पनि बढी रुची देखाएका छन् ।

आफ्नो पर्फमेन्स, किफायती मूल्य, डिजाइन, अग्रणी सुरक्षा फिचर, सबैभन्दा ठूलो र फराकिलो चार्जिङ पूर्वाधार र विश्वस्तरीय सेवा नेटवर्ककै कारण नेक्सनले नेपालमा ठूलो लोकप्रियता कमाएको छ ।

यसभन्दा बढी सिप्रदी ट्रेडिङले नेपालमा ईभी इकोसिस्टममा दिएको जोडले नेपालभर फैलिएको १२०ं स्लो चार्जिङ र १८ं फास्ट चार्जिङ नेटवर्कहरू प्रदान गरेर नेक्सन ईभीलाई सबैभन्दा लोकप्रिय विद्युतीय सवारी साधनहरूमध्ये एक बनाएको छ।

आफ्नो लोकप्रियताकै कारण नाडा ईभी एक्स्पोमा समेत टाटाको टिगोर, नेक्सन र यसका भेरिएन्टमा नयाँ नेक्सन प्राइम चार पांग्रे ईभीको मुख्य छनोट बनेका छन् । ९ गतेसम्म चल्ने नाडा ईभी एक्स्पोमा टाटाका यी गाडीहरुले थप लोकप्रियता पाउने देखिएको छ ।

टाटाको नेक्सन ३७ लाख ९९ हजारदेखि ४३ लाख ९९  हजारसम्म विभिन्न फिचर अनुसार पाँच वटा सब भेरिएन्टमा उपलब्ध छ । यस्तै टिगोर ३१ लाख ४९ हजार र ३२ लाख ९९ हजार गरी दुई सब भेरिएन्टमा उपलब्ध छ । नेक्सनको नयाँ भेरिएन्ट प्राइमको मूल्य पनि ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ