साठी प्रतिशतबढी सुटिङ नेपालमा भएको उचाइको पोस्टर सार्वजनिक, अमिताभ हिमालमुनि
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
1.5k
Shares
काठमाडौं । नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ । राजश्री प्रोडक्सनको ६०औं प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनैजनालाई हिमालुमनि देख्न सकिन्छ ।
नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको भूमिकामा डमी कलाकारलाई खेलाइएको थियो । फिल्मको निर्देशक सुरज बड्जात्या हुन् ।
फिल्ममा धेरै नेपाली कलाकारले पनि अमिनय गरेका छन् । नेपालको नाम्चेदेखि मुस्ताङसम्म सुटिङ गरिएको थियो । सिनेमाले मित्रताको कथा भन्नेछ ।