arrow

कीर्गिस्तान र ताजिकिस्तानबीच द्वन्द्व, स्थिति शान्त पार्न पुटिनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
kyrgyzsthan-tajiksthan.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली गणतन्त्रहरूको सीमामा भएको झडपपछि कीर्गिस्तान र ताजिकिस्तानका नेताहरूसँग टेलिफोन वार्ता गरेको आइतबार क्रेमलिनले जनाएको छ।

'भ्लादिमिर पुटिनले (दुवै) पक्षलाई थप तनाव रोक्न र शान्तिपूर्ण, राजनीतिक र कूटनीतिक माध्यमबाट जतिसक्दो चाँडो स्थिति समाधान गर्ने उपाय अपनाउन आग्रह गरे र किर्गिज-ताजिक सीमा क्षेत्रमा स्थायित्व सुनिश्चित गर्न आवश्यक सहयोग उपलब्ध गराउन रुसको तत्परता स्पष्ट पारे,' क्रेमलिनले भनेको छ ।

कीर्गिस्तान र ताजिकिस्तानले आइतवार आफ्नो सीमामा भएको द्वन्द्वबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको जनाएको छ। पूर्व सोभियत गणतन्त्रहरूबीच सेप्टेम्बर १४ देखि १६ सम्ममा सीमा विवादमा झडप भएको थियो ।

दुवै पक्षले एकअर्कालाई ट्याङ्क, मोर्टार, रकेट आर्टिलरी र आक्रमण ड्रोन प्रयोग गरेर चौकी र नजिकैको बस्तीहरूमा आक्रमण गरेको आरोप लगाउँदै झडप भएको थियो ।

मध्य एसियाली सीमा समस्याहरू धेरै हदसम्म सोभियत युगबाट उत्पन्न भएको थिए ।

कीर्गिस्तानले आइतबार पहिलेको लडाईमा ३६ जनाको मृत्यु भएको र द्वन्द्वग्रस्त क्षेत्रबाट करिब १ लाख ३७ हजार मानिसलाई विस्थापित गरेकोसमेत बताएको छ। यहाँको सरकारले सेप्टेम्बर १९ मा पीडितको सम्झनामा शोक मनाउने घोषणा गरेको छ ।

ताजिकिस्तानले पनि आइतबार आफ्नो पट्टी पनि हताहतीको भएको जनाएको छ । यसले ३५ को ज्यान गएको बताएको छ भने द्वन्द्वग्रस्त क्षेत्रबाट निकासी गरिएबारे जानकारी भने दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ