चिनियाँ टोलीको गतिविधि पारदर्शी गर्न माग राख्दा पक्राउ परेका यादव रिहा, समर्थकले लगाए चिनियाँ विस्तारवादको नारा
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
707
Shares
काठमाडौँ। राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव रिहा हुने वितिक्कै चिनियाँ विस्तारवादको नारा लागेको छ। अभियानका अभियन्ताहरूले चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाएका छन्। अध्यक्ष यादवले नेपालमा चिनियाँ जनकङ्ग्रेस अध्यक्ष ली चान्सुसहितको जम्बो टोली आएर यहाँ चिनियाँ विस्तारवाद लाद्न खोजेको बताए।
उनले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमणमा आएर प्रधानमन्त्रीदेखि वरिष्ठ नेताहरूसँग गोप्य भेटघाट गर्नु संशयपूर्ण रहेको बताए।
उनले भने , ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाब मुलुक भूमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैँमा संशयपूर्ण हो।’
शान्तिनगर स्थित नगेन्द्र कान्छा चोकबाट बारा घर भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।