arrow

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन मन्त्रीलाई पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
gita-chaudhari-27-03.jpg

काठमाडौँ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी गठित समिति (टास्क फोर्स) ले कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीलाई अन्तरिम प्रतिवेदन बुझाएका छन्। बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदन बुझ्दै मन्त्री चौधरीले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्याहरू अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।

बाँदरका कारण बाली नष्ट हुने, किसानहरू विस्थापित हुने तथा समग्र कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई गम्भीर रूपमा लिँदै उनले यो समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरिन्।

मन्त्री चौधरीले टास्क फोर्सलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानुनी तथा व्यावहारिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार पार्न निर्देशन दिइन्। प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी स्थानीय तह, सरोकारवाला निकाय, विज्ञ तथा स्थानीय समुदायसँग समन्वय गरेर कार्यान्वयनयोग्य समाधान अघि बढाउनुपर्नेमा उनले विशेष जोड दिइन्।

बैठकमा टास्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेस गर्दै बाँदरलगायत अन्य वन्यजन्तुबाट हुने बाली तथा धनको क्षति न्यूनीकरण, राहत तथा क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ