arrow

एससीओ शिखर सम्मेलनमा मोदीले भने- भारतलाई उत्पादन केन्द्रमा रूपान्तरण गर्न चाहन्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
sanghai-cooperation-organization-sco-modi-xi-putin.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई उत्पादन केन्द्र बनाउन चाहेको बताएका छन् । उज्बेकिस्तानको समरकन्दमा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा बाेल्दै माेदीले साे चाहना राखेका हुन् । 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रहरूमध्ये सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्रका  रुपमा भारतको अर्थतन्त्र यो वर्ष ७.५ प्रतिशतको दरले बढ्ने अनुमान गरिएकोमा मोदीले खुशी व्यक्त गरेका छन् ।

यस्तै मोदीले भारत जनता केन्द्रित विकास मोडलमा केन्द्रित रहेको बताउँदै हरेक क्षेत्रमा इनोभेसनलाई समर्थन गरिरहेको बताएका छन् । यसका साथै उनले भारतमा ७० हजारभन्दा बढी स्टार्ट अप र एक सय भन्दा बढी युनिकर्नहरू  रहेको समेत बताएका छन् ।

उनले भारतले एससीओ सदस्यहरूबीच आपसी विश्वासलाई समर्थन गर्नेसमेत बताएका छन् । विश्व कोभिड–१९ को महामारीलाई जित्न लागेको बताउँदै मोदीले कोभिड र युक्रेन संकटका कारण विश्वव्यापी आपूर्ति श्रृंखलामा धेरै अवरोधहरू देखा परेका बताउँदै  भारतलाई उत्पादनको केन्द्र बनाउन चाहेको बताएका हुन् ।

उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले २२ औं एससीओ शिखर सम्मेलनको लागि समरकन्दको कांग्रेस केन्द्रमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत गरेका थिए ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति इब्राहिम रैसीलगायतका एससीओ सदस्य राष्ट्रका नेता एवं प्रतिनिधिमण्डल सहभागी छ ।

चिनियाँ राष्ट्रपति सी र पुटिनबीच दुईपक्षीय वार्तासमेत भएको छ । अब, भारतीय प्रधानमन्त्री मोदी र पुटिनबीचसमेत द्धिपक्षीय वार्ता हुँदैछ । हिजो र आज गरी दुई दिनको सम्मेलनमा क्षेत्रीय चासोको विषयमा छलफल हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ