arrow

पोखरामा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
art.jpg

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजनामा ईन्डोनेपाल फ्रेण्डशिप अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी पोखरामा शुरु भएको छ।

असोज १४ गतेसम्म सञ्चालन हुने चित्रकला प्रदर्शनीमा भारतका सात नेपालका १९ जना गरि २६ जना कलाकारका ३३ कलाकृति रहेका छन् ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाल-भारत बीचको दुईपक्षीय सम्बन्धमामात्र सीमित नभई सजिव कलात्मक सम्बन्धका रुपमा विकास गर्न चित्रकला प्रदर्शनी सफल हुने विश्वास व्यक्त गरे । 

उनले देश र विदेशका कलाकारहरुको कला प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरु महत्वपूर्ण हुने भन्दै कला विकासमा महानगर सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । 

नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा प्रर्व सभासद विश्वकला यात्री नगेन सिंहले कला विकासका लागि ललितकला विकास बोर्डको स्थापना गर्नुपर्नेमा जोड दिए । 

उनले कलाकार राष्ट्रका अभिन्न अंग भएकाले प्रत्येक सरकारी स्कूलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने समेत बताए । 

कार्यक्रममा घामपानी बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर रविन्द्र तिवारी र कलाकार सुरेन्द्रराज अधिकारीले सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ