arrow

सिप्रदीले ल्यायो विशेष छुटसहित दशैं अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
sipradi-itahari-showroom.jpg

इटहरी। सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोसी सप्लायर्सले दसैँ अफर ल्याएको छ। नेपालीहरूको महान् चाड दसैँको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रालिका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रूपमा गरेका हुन्। टाटा कमर्सियल गाडीका धनीले अझ बडी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन् भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ। यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटक पटक मर्मत सम्भार गर्नबाट छुटकारा मिल्ने विश्वास कम्पनीले लिएको छ।

यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आलय खरिद गर्दा अर्को एक बट्टा आलय निःशुल्क पाउनेछन्। यसै गरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक बोध प्रसाद तिमिल्सिनाले बताए। यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ