arrow

महामारीपछिको पहिलो विदेश भ्रमण- मध्य एसियाको कजाखस्तानमा चिनियाँ राष्ट्रपति चिनफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
xi-jingping-kazaksthan.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ मध्य एसियाली राष्ट्र र छिमेकी उज्बेकिस्तानको तीन दिने भ्रमणका लागि बुधबार दिउँसो कजाखस्तान पुगेका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार साढे दुई वर्षमा चीन बाहिरको सीको यो पहिलो भ्रमण हो ।

कजाक समाचार एजेन्सी काजिनफर्मले सीले राजधानी नुर सुल्तानको विमानस्थलमा कजाकका राष्ट्रपति कासिम जोमार्ट तोकायेभलाई भेटेको र द्विपक्षीय वार्ताका लागि अकोर्डा राष्ट्रपति भवनतर्फ लागेको जनाएको छ ।

उज्बेकको समरकन्द शहरमा बिहीबारदेखि शुरु हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने अपेक्षा गरिएको छ।

बेइजिङको नेतृत्वमा रहेको युरेसियाली आठ राष्ट्रका नेताहरूले सम्मेलनमा राजनीतिक, आर्थिक र क्षेत्रीय सुरक्षा सहयोगबारे छलफल गर्नेछन् ।

रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि सी र पुटिनबीचको यो पहिलो आमने सामने भेट हुने भएको छ। बेइजिङले आफ्नो अभियानको लागि मास्कोलाई सैन्य सहयोग प्रदान गरेको छैन तर रुसमाथि लगाइएको पश्चिमी प्रतिबन्धको आलोचना गरेको छ र आक्रमणलाई आक्रमण भन्नबाट जोगिएको छ ।

रुसी र चिनियाँ नेताहरूले उनीहरूमाथि लगाइएको पश्चिमी प्रतिबन्धहरूको सामना गर्न बलियो सहयोगको लागि आह्वान गरेका छन्। चीनले धेरै रूसी सामानहरू मुख्यतया कच्चा तेल र कोइला आयात गरेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ । दुवै देश व्यापार जोखिम कम गर्न अमेरिकी डलरमा कम भर पर्न सहमत भएका छन् ।

 हजार दिनपछि विशेष विदेश भ्रमणमा सी चिनफिङ: पुटिन र मोदीसहित हुँदैछ वार्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ