arrow

हजार दिनपछि विशेष विदेश भ्रमणमा सी चिनफिङ: पुटिन र मोदीसहित हुँदैछ वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
SCO-Leaders-Summit-1280.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको संक्रमण कोभिड १९ को महामारीपछि पहिलो पटक विदेश भ्रमण गर्न लागेका छन् । करिब एक हजार दिनपछिको सीको विदेश भ्रमण विशेष रहने देखिएको छ ।

भोलि बिहीबार (सेप्टेम्बर १५ र १६) मा उज्वेकिस्तानमा हुन लागेको सांघाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनमा सहभागी हुन सीले त्यहाँको भ्रमण गर्न लागेका हुन् ।

यस विशेष सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत सहभागी हुनेछन् । सम्मेलनमा सीले मोदी र पुटिनसँगसमेत भेटवार्ता गर्ने बताइएको छ । तथापि औपचारिक जानकारी भने आएको छैन ।

सम्मेलनमा सी र पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमाथि छलफल गर्ने क्रेमलिनले जनाएको छ। उज्बेकिस्तानमा चल्ने शिखर सम्मेलनमा यी दुई नेताको भेटलाई क्रेमलिनले पश्चिमी संसारलाई विकल्प देखाउने भनेर टिप्पणी गरेको छ ।

सीले बुधबारबाट कजाखस्तानबाट आफ्नो तीन दिने भ्रमण शुरु गर्दैछन्। त्यसपछि उनले सेप्टेम्बर १५ देखि १६ सम्म चल्ने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा बिहीबार पुटिनसँग भेट गर्नेछन् ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनसँग समेत त्यहाँ भेटवार्ता हुने भएको छ । यसका साथै पुटिनले पाकिस्तान, टर्की र इरान लगायतका अन्य देशका नेताहरूलाई समेत भेट्ने भएका छन् ।

भौगोलिक दायरा र जनसंख्याको सन्दर्भमा यो विश्वको सबैभन्दा ठूलो क्षेत्रीय संगठन हो । जसले यूरेशियाको लगभग  ६० प्रतिशत क्षेत्र, विश्व जनसंख्याको ४० प्रतिशत र विश्वव्यापी जीडीपीको ३० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।

चनिको बेइजिङमा प्रधान कार्यालय रहेको एससीओको स्थापना सन् २००१ मा भएको थियो । यसका सदस्य राष्ट्रहरु चीन, भारत, काजकिस्तान, कीर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान, उज्बेकिस्तान र इरान रहेका छन् ।

यस्तै अफगानिस्तान, बेलारुस र मंगोलिया पर्यवेक्षक रहेका छन् भने अर्मेनिया, अजरबैजान, कम्बोडिया, नेपाल, श्रीलंका र टर्की संवाद साझेदारका रुपमा रहेका छन् । यसको अतिथिका रुपमा आसियान, स्वतन्त्र राज्यहरूको राष्ट्रमंडल (सीआईएस), तुर्कमेनिस्तान र संयुक्त राष्ट्र संघ रहेको छ ।

सन् २००१ मा स्थापना भएदेखि एससीओले मुख्यतयाः क्षेत्रीय सुरक्षा मुद्दाहरू, क्षेत्रीय आतंकवाद, जातीय पृथकतावाद र धार्मिक अतिवाद विरुद्धको लडाईमा केन्द्रित छ। अहिले एससीओका प्राथमिकताहरूमा क्षेत्रीय विकास पनि समावेश छ। यस्तै सन् २००५ देखि संयुक्त राष्ट्र संघको महासभामा पनि एससीओ पर्यवेक्षकको रुपमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ