arrow

कोरोना महामारीपछि पहिलो पटक मध्य एसियाको भ्रमण गर्दै सी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
xi-jin-ping-china-president.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले सेप्टेम्बर १४ देखि १६ मा कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् ।

चीनले कोभिड१९ का कारण आफ्नो सिमाना बन्द गरे यता सी चिनफिङले यो पहिलो पटक विदेश भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

सी चिनफिङले यो भ्रमण उज्बेकस्तानको सहर समरकन्दमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि गर्न लागेका हुन् ।

सीले कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ र उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभसँग भेट गर्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने रुससँगको चिनियाँ सीमासाझेदारीको कारण धेरै पश्चिमी राष्ट्रहरूसँगको सम्बन्ध तनावग्रस्त भएको बेलामा मध्य एसियाली राज्यहरूसँग चीनको रणनीतिक सम्बन्धलाई यो यात्राले जोड दिने ठानिएको छ ।

गत महिना वाल स्ट्रिट जर्नलले नाम नखुलाएका व्यक्तिहरुलाई उद्धृत गर्दै सीले एससीओ शिखर सम्मेलनमा पुटिन र अन्य नेताहरूसँग भेट्न मध्य एसियाको भ्रमण गर्ने विचार गरिरहेको जनाएको थियो ।

यद्यपि, सोमबारको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा पुटिनसँग भेटको कुरा उल्लेख गरिएको छैन।

सीको पछिल्लो ज्ञात आधिकारिक विदेश भ्रमण जनवरी २०२० मा म्यानमारको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ