arrow

आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार छैन : यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको बताएका छन् । 

अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाममा पुगेर यादवले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारेका हुन् ।

मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राखे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ