arrow

सन्दीप लामिछाने नाबालिग बलात्कार आरोप : क्यानले निलम्बन नगर्ने, प्रहरीलाई सघाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
sandeep-lamichhane3.jpg

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई तत्काल निलम्बन वा कारबाही नगर्ने भएको छ। नाबालिग बलात्कारको उजुरी परे पनि क्यानले तत्काल हटाउने वा कारबाही गर्नेबारे कुनै छलफल नगरेको जनाएको छ।

तर क्यानले प्रहरीले गर्ने अनुसन्धानलाई भने सहयोग गर्ने जनाएको छ। क्यान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले मिडियालाई बताए अनुसार सन्दीपलाई कप्तानबाट हटाउनेबारे क्यानले तत्काल छलफल गरेको छैन। अनुशासन तोडेको विषयमा भने छानबिन गर्ने भएको छ।

क्यानले प्रहरी अनुसन्धानको विषय रहेकाले पनि यस विषयमा थप बोल्न चाहेको छैन। सन्दीपविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोप छ।

उनले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट घुमाउन लगेको र काठमाडौंको एक होटलमा ल्याएर रातको समयमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

प्रहरीले यस सम्बन्धमा अनुसन्धान थालिसकेको छ । सन्दीप हाल वेष्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग खेलिरहेका छन् । उनी भदौ ६ गते केन्या गएका थिए । त्यहाँ उनले नेपाली टिमको टी–२० टिमको कप्तानी गरेर नेपाललाई ३–२ ले जिताएका थिए । 

राष्ट्रिय क्रिकेट टिमका कप्तानमाथि जबरजस्ती करणीको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ