arrow

उपेन्द्र यादवको नाम तीन निर्वाचन क्षेत्रबाट सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
upendra-yadav-jasapa.jpg

राजविराज ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । प्रतिनिधि सभा सदस्यका लागि यादवको नाम मोरङ, पर्सा र सप्तरीबाट सिफारिस भएको हो । 

जसपा अध्यक्ष यादव  २०७४ सालको निर्वाचनमा  सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।  सप्तरी क्षेत्र नं २ मा उनलाई सर्वसम्मतरुपले सिफारिस गरिएको छ ।

जसपा सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मतरुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिए ।

त्यसैगरी यादवलाई जसपा पर्साले क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।  यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पनि सिफारिस भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ