arrow

सुनकोशी केन्द्रबाट थप विद्युत उत्पादन

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
sunkoshi.jpeg
चौतारा । गत असार २१ ग्ते सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीले क्षति पु¥याएको सुनकोशी जलविद्युत आयोजनाबाट थप विद्युत उत्पादन गरिएको छ । 
 
छ वटा ढोका मध्ये एक नम्बरको ढोकामा अवरोधको रुपमा रहेको ठुला ढुंगा र गेगर सफा गरे पछि हाल न्यूनतम ५।८ देखि अधिकतम ६।६ मेगावाट विद्युत उत्पादन हुन थालेको आयोजनाका उत्पादन प्रमुख सुरज दाहालले बताए ।
 
यसअघि बाँधमा मर्मत गरी गत भदौ १ गते बाट २।५ मेगावाट विद्युत उत्पादन भएको थियो । दुई नम्वरको ढोकामा रहेका ठुला ठुला ढुंगा र गेगर सफा गरे पछि केहि दिन अघिबाट ३।७ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो । 
 
अझै पनि नदीको पानी पुरै फर्काउन नसकिएकोले नदीको बहावमा केहि कमि आएपछि आगामी तिहारसम्म सबै छ वटा ढोका सफा गरी पुरै क्षमताको १०।०५ मेगावाट विद्युत उत्पादन हुने प्रमुख दाहालले बताए । 
 
तीन वटा यूनिट रहेको सो आयोजनामा हाल तीन नम्बर यूनिट९टर्वाइन० मर्मत भईरहेको बताइएको छ । बाढी आएको समयमा पाँच नंम्बरको ढोकामा पानीको सबै भार पर्न गएकोले केहि बांगिएको हुदा त्यसलाई मर्मत तथा सफा गर्नु पर्ने आयोजनाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ