नेपाल भ्रमणमा भारतीय रक्षा प्रशिक्षार्थीको टोली, पर्यटक प्रवर्द्धनमा सहयोग
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
572
Shares
काठमाडौँ। भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित ‘डिफेन्स कोर्स–६२’ मा सहभागी शिक्षार्थीहरूसहित ३१ सदस्यीय टोली नेपाल भ्रमणमा छ। आइतबार काठमाडौँ आएको उक्त टोली भदौ १६ मा फर्कने छ।
हवाई उप–मार्सल तेज वीर सिंहको नेतृत्वमा आएको टोलीले नेपालको पर्यटक प्रवर्द्धनमा पनि मुख्य भूमिका निभाउने छ।
नेपालमा रहँदा रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्ने उक्त टोलीको कार्यक्रम छ।
उक्त टोली मङ्गलवार पोखरास्थित मध्य कमान्ड हेडक्वार्टरको भ्रमणमा जाने छन्।
उक्त टोलीले पशुपतिनाथ मन्दिर, काठमाडौँ दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौँ र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। उक्त टोलीको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
सेनाका अनुसार विगतमा पनि विभिन्न मुलुकहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ।