चिनियाँ सेना आफ्नो भूमिमा आए आक्रमण गर्ने ताइवानको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
930
Shares
काठमाडौं । चीनले आफ्नो भूमि नजिकै सैन्य गतिविधि बढाएपछि ताइवानले बुधबार आफ्नो आत्मरक्षा र प्रतिआक्रमण अधिकारको प्रयोग गर्ने बताएको छ। ताइपेई सरकारको कडा आपत्तिका बाबजुद पनि चीनले ताइवानले आफ्नै हिस्सा भएको दाबी गर्दै आएको छ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर आक्रोशित चीनले त्यसयता ताइवान वरपर सैन्य गतिविधि बढाएको छ । त्यसविरुद्ध सतर्क बनेको ताइवानले मंगलबार चिनियाँ ड्रोनमाथि चेतावनीमूलक गोली चलाएको छ ।
यसबीच ताइवानी रक्षा अधिकारीहरूले ताइवान नजिकै चीनको उच्च तीव्रता सैन्य गस्ती जारी रहेको र ताइवान स्ट्रेटलाई आन्तरिक समुद्र बनाउने बेइजिङको मनसाय यस क्षेत्रमा अस्थिरताको मुख्य स्रोत बन्ने बताएका छन् ।
'हाम्रो १२ माइलको समुद्री र हवाई क्षेत्रमा प्रवेश गर्ने विमान र जहाजहरूमाथि राष्ट्रिय सेनाले कुनै अपवाद बिना आत्मरक्षा र काउन्टर आक्रमणको अधिकार प्रयोग गर्नेछ,' अपरेशन र योजनाका लागि जनरल स्टाफका उपप्रमुख लिन वेन ह्वाङले पत्रकार सम्मेलनमा बोल्दै बताएका छन् ।
ताइवानले चिनियाँ ड्रोनहरू बारम्बार चीनको तट नजिकै रहेका आफ्ना साना टापुहरू नजिकै उडान गरिरहेको गुनासो गरेको छ।
खतराहरू खडा गरेर आफ्नो क्षेत्र छोड्ने चेतावनीलाई ध्यान नदिने चिनियाँ ड्रोनहरूमाथि सेनाले प्रति आक्रमण गर्ने समान अधिकार प्रयोग गर्ने ताइवानले जनाएको छ ।