माछापुच्छ्रे बैङ्क र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
542
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लि र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
माछापुच्छ्रे बैङ्कका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैङ्कका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन्। ग्राहकले उक्त वालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सकिने बैङ्कले जनाएको छ।
यसै गरी बैङ्कका ग्राहकहरूले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढी विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरी रकम भुक्तानी समेत गर्न सक्नेछन्। त्यस्तै गरी माछापुच्छ्रे बैङ्कका मर्चेन्टहरुले एमभिसा, अलिपे र युनियन पेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्युआर बाटै भुक्तानी लिन सकिने बैङ्कले जनाएको छ।
देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले विभिन्न किसिमका नवतम सेवा तथा सुविधाहरू ल्याई रहेको छ।
साथै बैङ्कले बढ्दो साइबर अपराधहरूलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरूलाई अझ सुरक्षित र भरपर्दो बनाउँदै आई रहेको छ।