भारतको नोयडामा अवैधरुपमा बनेका दुई गगनचुम्बी भवन ध्वस्त
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
428
Shares
काठमाडौं । भारतकाे उत्तर प्रदेशस्थित नोयडामा रहेका दुई गगनचुम्बी टावरहरू अन्ततः आइतबार नियन्त्रित रुपमा गरिएको विष्फोटद्वारा ध्वस्त गरिएका छन् ।
सो भवनका बासिन्दाहरूले निर्माणमा भएको अनियमितताको बारेमा अदालतले भत्काउन आदेश दिएको आठ वर्षपछि भवन भत्काइएका हुन् ।
मुम्बईको कम्पनी एडिफिस इन्जिनियरिङले सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट र नोयडा अधिकारीहरूसँग करिब ३७०० किलोग्राम विस्फोटक पदार्थको सहयोगमा भवन ध्वस्त गरिएको हो ।
इलाहाबाद उच्च अदालतले २०१४ मा यो भवन भत्काउन आदेश दिएको थियो र २०२१ मा सर्वोच्च अदालतले आदेशलाई तीन महिनाभित्र कार्यान्वयन गरिनु पर्ने बताएको थियो ।
WATCH | Noida's Supertech Twin Towers razed to the ground.