arrow

एमबाप्पेको ह्याट्रिक, नेयमारको दुई, मेस्सीको एक, पीएसजीको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
messi-neymar-mbappe-psg.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७–१ गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे । त्यस्तै नेयमारले दुई गोल गरे । लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे ।

लिलका जोनाथन बाम्बाले एक गोल फर्काए । पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ ।

पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।  लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

लिगमा तेस्रो चरणको एक खेल खेल्न बाँकी छँदासम्म लेन्स र मार्से समान ७–७ अंकसहित लियोँ, क्लेमन्ट फुटको समान ६–६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ