arrow

मोदी र सीबीच भेटवार्ता हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
india-china-russia-modi-xi-putin.jpg

काठमाडौं । आउँदो महिना सेप्टेम्बरमा उज्वेकिस्तानमा हुने सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने रिपोर्टहरु आइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भेटवार्ता हुनसक्ने बताइएको छ ।

उज्वेकिस्तानको समरकन्दमा सेप्टेमबर १५ र १६ मा हुने उक्त सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनसक्ने वाल स्ट्रिट जर्नलको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

पुटिन र सीले झैं मोदी र सीले पनि द्विपक्षीय भेट गर्ने रिपोर्टहरमा भनिए पनि भारत र चिनियाँ अधिकारीहरुले आधिकारीक रुपमा यस विषयमा कुनै पुष्टि गरेका छैनन् ।

मोदी र पुटिनले यस समयमा विभिन्न देशको भ्रमण गर्दै आएको भए पनि सीले भने सन् २०२० को जनवरीदेखि देशबाहिरको भ्रमण गरेका छैनन्। यहाँसम्म कि उनी सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा उपस्थित हुन्छन् कि भर्चुअल रुपमा मात्रै सम्बोधन गर्छन् भन्ने टुंगोसमेत औपचारिक रुपमा गरिएको छैन ।

तथापि सी सम्मेलनमा सहभागी भएमा पुटिन, मोदी र पाकिस्तानका प्रधानमन्त्री लगायतका विभिन्न देशका लिडरहरुसँग भेटवार्ता गर्ने रिपोर्टहरुमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ