वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ - प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
1.2k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले नेपाली कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको निधनमा शोक ब्यक्त गरेका छन् ।
उपचारको क्रममा गएराति मृत्युवरण गरेका गिरीको निधनले समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष प्रचण्डले जनाएका छन् ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’