arrow

श्रीकृष्णको शरणमा ऋषि : यूकेको प्रधानमन्त्रीका उम्मेदवार पुगे मन्दिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
sunak-temple.jpg

काठमाडौं । युनाइटेड किंगडम (यूके)का प्रधानमन्त्री उम्मेदवार ऋषि सुनक श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिर पुगेका छन् ।  सुनक र उनकी श्रीमती अक्षता मूर्ति बिहीबार भगवान् कृष्णको मन्दिर पुगेका हुन् । भगवान् श्रीकृष्णको दर्शनपछि उनले आफू प्रधानमन्त्रीमा विजयको कामना गरेका छन्।

सुनकले सामाजिक सञ्जालमा लेखेका छन्,' म पत्नीसँग भक्तिवेदान्त मनोर मन्दिरमा जन्माष्टमी मनाउन गएँ । यो हिन्दुहरूको लोकप्रिय चाड हो । हामी यसलाई भव्यताका साथ मनाउँछौँ। यसले भगवान् कृष्णको जन्म उत्सव मनाउँछ।' 

सुनक प्रधानमन्त्री पदको दौडमा सबैभन्दा अगाडि छन् । यदि उनले चुनाव जिते भने उनी बेलायती प्रधानमन्त्री हुने पहिलो भारतीय मूलका व्यक्ति हुनेछन्।

प्रधानमन्त्रीको दौडमा सुनक र लिज ट्रस रहेका छन् । पछिल्लो समय ट्रसले बेलायतका कामदारहरूको सीप र क्षमता नै कम रहेको भन्ने किसिमको अभिव्यक्ति दिएको अडियो लिक भएपछि लोकप्रियता घटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ