arrow

राहुलले पनि मोदीकै रणनीति अपनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
modi-rahul.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो रणनीतिलाई लिएर सफल मानिन्छन् । अब मोदीकै रणनीति राहुल गान्धीले अपनाउने भएका छन् । लोकसभाको आगामी निर्वाचनको तयारीको क्रममा   विज्ञहरूसँग  गान्धीले यो प्रस्ताव अघि सारेका छन् । 

आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग गान्धी परामर्शमा छन् ।  

मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने उनको भनाई छ ।

सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेण्डा बनाएको थियो ।

आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ