arrow

पश्चिम सेतीका दुई परियोजना भारतीय सरकारी कम्पनीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
pachhim-seti.jpg

काठमाडौं । नेपाल सरकारले सेती नदीमा बन्ने दुई जलविद्युत् परियोजनाको अध्ययन गर्न भारतीको सरकारी कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ । 

बहु प्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी-६ (एसआर-६) जलविद्युत् परियोजनाको अध्ययन गर्न सरकारले भारतीय सरकारी कम्पनी एनएचपीसीलाई दिएको हो । 

बिहीबार विस्तृत परियोजना अध्ययन गर्न लगानी बोर्डले एनएचपीसी लिमिटेड इन्डियाससँग सम्झौता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले  सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा सो कम्पनीले सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन पेस गरिसक्नुपर्ने उल्लेख गरिएको छ । 

 एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी-६ अध्ययन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ