माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम–स्मार्टमा नयाँ सुविधा
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
890
Shares
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम–स्मार्टमा स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट सुविधाको शुरुआत गरेको छ ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ्ग सुविधामार्फत सजिलै कर्जा लिन सक्ने बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगी विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको हो ।
बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाइन तथा मोबाइल बैंकिङ्ग एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने पनि बताएको छ ।
यस एपमा आफैंले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेशन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेका छन् ।
बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याइरहेकोसमेत जनाएको छ ।