arrow

सडक र सदनबाट आन्दोलन गर्ने उपेन्द्रको चेतावनी

राष्ट्रपतिले विधेयक फिर्ता गर्नु उचित भएन : उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनकपुरधाम पुगेका उनले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भएपछि दुवै ठाउँबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

उनले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने भनी संविधानले नै सुनिश्चित गरिसकेकाले नेपाली नागरिकका सन्तानहरूलाई नागरिकताबाट वञ्चित गर्ने षड्यन्त्र भए आफूहरू सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताए । 

अघिल्लो सरकारले यही ब्यहोराको अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गरेको भन्दै अध्यक्ष यादवले अहिले संसद्बाट पास भएको विधेयक फिर्ता गर्नु उचित नभएको उनले जिकिर गरे । 

राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने उनले बताए । उनले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निष्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि पठाइने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ