राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि जनमत पार्टीको प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
1.2k
Shares
सिराहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक औपहिलो संशोधनओ विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।
राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका छन् ।